धनगढी। चिकित्सा क्षेत्रको सुधारसहित विभिन्न सात वटा माग राखेर अनसनरत डा. गोविन्द केसीले काठमाडौं जान अस्वीकार गरेका छन्।
विगत ९ दिनदेखि अनसन बसेका कारण स्वास्थ्यमा झन् समस्या आउन थालेपछि डा. केसीलाई सोमबार दिउँसो नेपाली सेनाको स्काइ ट्रकमार्फत सरकार पक्षले काठमाडौं लैजाने प्रयास गरे पनि उनले जान अस्वीकार गरेका हुन्।
त्यहाँस्थित डा. हरूका अनुसार केसीले माग पुरा नहुन्जेल सेती अस्पतालबाट न बाहिरिने अडान लिएपछि अस्पताल प्रशासन तथा अन्य सरकारी डाक्टरहरूको टोली डा. केसीलाई काठमाडौं जान फकाउँदै थालेका छन्।