काठमाडौं। पछिल्लो २४ घण्टामा ७४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ३ हजार ५१२ जनाको पीसीआर र एन्टिजेन परीक्षण गर्दा ७४ जनामा कोरोना पुष्टि भएको हो।
त्यस्तै, पछिल्लो २४ घण्टामा १६० जना सङ्क्रमित सङ्क्रमणमुक्त भएका छन् भने कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ।
देशभर हाल सक्रिय सङ्क्रमितको सङ्ख्या १ हजार ६१९ जना छन्।
त्यस्तै, नेपालमा डेंगुका विरामीको संख्या १७ हजार ५९७ पुगेको छ। साउन १ गतेदेखि ७५ जिल्लामा १७ हजार ५९७ डेंगुको संक्रमण देखिएको हो।
सबैभन्दा बढी बागमती प्रदेशमा १२ हजार ९४७ जनामा डेंगु देखिएको छ।
डेंगुका कारण हालसम्म २१ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।