काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सबैभन्दा सस्तो इन्धन विद्युत् नै भएकाले विद्युतीय सवारीसाधनलाई प्रोत्साहन गरिएको बताएका छन् ।
सुन्दर ट्रेडर्स प्रालिले आज आयोजना गरेको चार्जिङ स्टेशन प्रदर्शनी कार्यक्रममा निर्देशक घिसिङले विद्युत्को प्रयोग बढाएर देश समृद्ध बनाउन सकिने बताए । सवारीसाधनलगायत विद्युत्को प्रयोग बढाउन सकिने उनको धारणा छ ।
अहिले विद्युत् व्यापार भइरहेकामा प्राधिकरणको जोड देशभित्रै खपत बढाउनु रहेको कार्यकारी निर्देशक घिसिङले उल्लेख गरे ।