काठमाडौं। सत्ता गठबन्धनका शिर्ष नेताहरूको बैठक अहिले बालुवाटारमा बसिरहेको छ।
बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेको विषयमा छलफल भइरहेको छ।
छलफलपछि अब के गर्ने भन्ने निष्कर्ष बैठकले निकाल्ने र त्यहीअनुसार निर्णय हुने बताइएको छ।
विधेयक प्रमाणीकरण नभएपछि अब अध्यादेश ल्याउनेबारे पनि गठबन्धनमा छलफल भइरहेको छ।
राष्ट्रपति भण्डारीले संसद्का दुवै सदनबाट दोस्रो पटक पारित भएर आएको नागरिकता ऐन संशोधन विधेयक प्रमाणीकरण गर्न अस्वीकार गरेकी छन्। उक्त विधेयक प्रमाणीकरण गर्ने समससीमा मङ्गलवार मध्यराति सकिएको छ।
उक्त कदमको संविधानविद् र गठबन्धनका नेताहरूले विरोध गरिरहँदा एमालेका नेताहरूले प्रशंसा गरिरहेका छन्।
सम्बन्धित समाचारः राष्ट्रपति भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेपछि अब के हुन्छ ?