काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको कदमबारे सत्ता गठबन्धनका दलले संयुक्त विज्ञप्ति जारी गर्ने भएका छन्।
भर्खरै बालुवाटारमा सकिएको गठबन्धनका शिर्ष नेताहरूको बैठकले राष्ट्रपति भण्डारीको कदमबारेसंयुक्त विज्ञप्ति जारी गर्ने निर्णय गरेको हो।
बैठकमा राष्ट्रपति भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेको विषयमा छलफल भएको छ।
राष्ट्रपति भण्डारीले अरुको इसारामा संविधानमा नभएको अधिकारी प्रयोग गरेको, संविधानको अपमान गरेको बैठकले निष्कर्ष निकालेको छ।
राष्ट्रपति भण्डारीले संसद्का दुवै सदनबाट दोस्रो पटक पारित भएर आएको नागरिकता ऐन संशोधन विधेयक प्रमाणीकरण गर्न अस्वीकार गरेकी थिइन्। उक्त विधेयक प्रमाणीकरण गर्ने समससीमा मङ्गलवार मध्यराति सकिएको छ।
उक्त कदमको संविधानविद् र गठबन्धनका नेताहरूले विरोध गरिरहँदा एमालेका नेताहरूले प्रशंसा गरिरहेका छन्।