धनुषा। पूर्व राष्ट्रपति डा.रामवरण यादवले प्रतिनिधिसभा र राष्ट्रिय सभाबाट दुई पटक पास भएर गएको नागरिकता विधेयक प्रमाणीकरण नगरेर राष्ट्रपतिले संविधानको उल्लङ्घन गरेको बताएका छन्।
मधेश प्रदेशको राजधानी जनकपुरधामस्थित सरस्वती नमुना माध्यमिक विद्यालयको भवन निमार्ण एवम् परिसर सुधार कार्यको शिलान्यासपछि आयोजित कार्यक्रममा उनले लोकतन्त्रलाई अगाडि बढाउनका लागि जनताको प्रतिनिधिबाट निर्मित संविधानको सबैले पालना गर्नुपर्ने उल्लेख गरे।
पूर्व राष्ट्रपति यादवले भने, ‘राष्ट्रपति जस्तो गरिमामय संवैधानिक संस्थाले संस्थाको मर्यादा विपरीत काम गर्नु हुँदैन। संविधानको पालना गर्नु हामी सबैको कर्तव्य हो। प्रधानमन्त्रीबाट दुई दुई पटक संसद् विघटन हुनु संविधान उल्लङ्घनको प्रत्यक्ष उदाहरण थियो। यस प्रकारको घटना पटकपटक घट्नुले प्रतिक्रियावादी शक्तिलाई फाइदा पुग्ने भएकोले यस प्रकारका घटना हुन नदिनका लागि हामी सबै सचेत हुन जरुरी छ।’’
सम्बन्धित समाचारः
राष्ट्रपति भण्डारीद्वारा नागरिकता विधेयक प्रमाणीकरण गर्न अस्वीकार
राष्ट्रपतिलाई संविधानको दायरा भन्दा बाहिर जाने छुट छैनः उपराष्ट्रपति पुन
गठबन्धनको ठहरः राष्ट्रपतिको कदम व्यवस्थामाथि प्रहार, संसदको अपमान
राष्ट्रपति भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेपछि अब के हुन्छ ?