काठमाडौं। विगत १० दिनदेखि धनगढीमा अनशनरत डा. गोविन्द केसी आफ्नै खर्चमा काठमाडौं फर्किएका छन् ।
आमरण अनसनको १०औं दिन स्वास्थ्य बिग्रिएपछि थप उपचारका लागि उनी आफ्नै खर्चमा बुधबार साँझ काठमाडौं फर्किएका हुन्।
उनी बुधबार साँझ श्री एयरको नियमित उडानमा धनगढी विमानस्थलबाट काठमाडौं प्रस्थान भएका हुन्।
चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारसहितका माग राखेर धनगढीमा २०औँ सत्याग्रहमा बसेका डा केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको छ।
यसअघि उनको स्वास्थ्य अवस्था नाजुक रहेको भन्दै मंगलबार दिनभर सरकारले काठमाडौं लैजाने प्रयास गरे पनि उनले मानेका थिएनन्।
मंगलबार उनलाई लैजान नेपाली सेनाको स्काई ट्रक दिनभर धनगढीमै रहे पनि बेलुकी भने रित्तै फर्किएको थियो।