काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले उच्च अदालत पाटनले टुकुचा खोलाको विषयमा गरेको आदेशप्रति आपत्ति जनाएका छन् ।
बुधबार सामाजिक सञ्जालमा टुकुचा आसपासको काठमाडौंको पुरानो फोटो राखेर शाहले लेखेका छन्, ‘फेरि पनि नदीमा अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको छ। अदालतले टुकुचा (इछुमती) नदीलाई खोला भन्न सक्दैन भने नेपाललाई कसरी नेपाल देश भनेर प्रमाणित गर्नु हुन्छ ?’
उच्च अदालत पाटनका न्यायाधीश किरणकुमार पोखरेलको एकल इजलासले विश्व प्रकाश साखको मुद्दामा निवेदकको भौतिक संरचनामा क्षति नपुर्याउन अल्पकालिन अन्तरिम आदेश दिएको छ।
काठमाडौं महानगरले टुकुचामाथि बनाइएका संरचना भत्काउन थालेपछि त्यहाँ रहेका व्यवसायी र घरधनि गरेर २१ जनाले उच्च अदालत पाटनमा मुद्दा हालेका थिए ।