काठमाडौं। स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ। गत कारोबार दिन बुधबारको तुलनामा आज सुन तथा चाँदी दुवैको मूल्य बढेर करोबार भएको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ५०० रुपैयाँ बढेर कारोेबार भएको छ भने चाँदी प्रतितोला १५ रुपैयाँ बढेर कारोबार भएको छ।
मंगलबार प्रतितोला ९१ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज प्रतितोला ९१ हजार ८०० रुपैयाँमा करोबार भइरहेको छ। तेजाबी सुन प्रतितोला ९१ हजार ३०० रुपैयाँमा करोबार भएको महासंघले जनाएको छ।
यस्तै, चाँदी प्रतितोला एक हजार १८५ रुपैयाँमा कारोबार भइरहेको छ। हिजो बुधबार चाँदी प्रतितोला एक हजार १७० रुपैयाँमा कारोबार भएको थियो।