काठमाडौं। वीर अस्पताल अगाडिका टहरामा रहेका औषधि पसलमा काठमाडौं महानगरले डोजर चलाएको छ।
बिहीबार दिउँसो महानगरले नक्सा विपरीत रहेका अस्पताल अगाडिका टहरामा रहेका औषधि पसल डोजर लगाएर हटाएको हो।
महानगरपालिकाले फार्मेसी सञ्चालकलाई बुधबार २४ घण्टाभित्र औषधि पसल हटाउन निर्देशन दिएको थियो।
महानगरका प्रहरी प्रमुख राजु पाण्डेका अनुसार वीर अस्पताल अगाडि टहरामा रहेका औषधि पसलमा बगैँचा रहेकाले नक्सा विपरीत फार्मेसी सञ्चालन गरेकाले भत्काइएको हो।