काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले वैदेशिक अध्ययन अनुमति (एनओसी)का सेवाहरू अब नयाँ स्थानबाट प्रवाह हुने जनाएको छ ।
मन्त्रालयले एक सूचना जारी गर्दै वैदेशिक अनुमति शाखा,शैक्षिक परामर्श तथा प्रमाणीकरण शाखा र छात्रवृत्ति शाखा रहेको स्थान पुनर्निर्माण कार्य भइरहेकोले अब केही समय भक्तपुरमा रहेको राष्ट्रिय परीक्षा बोर्डको कार्यालयबाट सेवा दिन लागेको जनाएको हो । मन्त्रालयले असोज ९ गते आइतबारदेखि सो स्थानबाट सेवा प्रवाह गर्ने जनाएको हो ।