काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवासहित नेताहरु निर्वाचन आयोगमा पुगेका छन्।
निर्वाचन आचारसंहिता कार्यान्वयन प्रतिबद्धतापत्रमा हस्ताक्षर गर्न तथा त्यससम्बन्धी अन्तक्र्रियामा सहभागी हुन प्रधामन्त्री एवं नेपाली कांग्रेसका सभापति देउवासहितका नेताहरू आयोग पुगेका हुन्।
आयोगमा देउवासँगै गृहमन्त्री बालकृष्ण खाँण, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, नेकपा (एमाले) का उपाध्यक्ष सुवास नेम्वाङ, नेपाली कांग्रेसका उपसभापति धनराज गुरूङ, नेकपा (माओवादी केन्द्र) का नेता लीलामणि पोखरेल, राष्ट्रिय जनमोर्चाकी नेत्री दुर्गा पौडेल र लोकतान्त्रिक समाजवादी पार्टीका नेता केशव झालगायत उपस्थिति छन्।