काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले निर्वाचनमा सेना परिचालन गर्न स्वीकृति दिएकी छन्।
आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति भण्डारीले स्वीकृति दिएकी हुन्।
सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ६६ को उपधारा (२) बमोजिम स्वीकृति प्रदान गरेकी हुन्।