काठमाडौं। सरकारले दार्चुलाका दुई पालिकालाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको छ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले दार्चुलाको महाकाली नगरपालिका र नौगाड गाउँपालिकाका भौगोलिक क्षेत्रलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको हो।
बैठकले सार्वजनिक यातायातलाई सुरक्षित र व्यवस्थित गर्न एवं सडक दुर्घटनालाई न्यूनीकरण गर्न गृह मन्त्रालयका सहसचिव फणीन्द्रमणि पोखरेलको संयोजकत्वमा एक समिति गठन गरेको छ।
त्यस्तै, संस्कृतिविद् एवं शताब्दी पुरुष सत्यमोहन जोशीको नियमित स्वास्थ्य हेरचाहका लागि नर्स उपलब्ध गराउने र राष्ट्रिय गानका रचयिता प्रदीपकुमार राई (व्याकुल माइला)लाई सहज जीवनयापनका लागि मासिक ५० हजार रुपैयाँ उपलब्ध गराउने निर्णयसमेत गरेको छ। यसअघि राईले सरकारबाट मासिक २५ हजार रुपैयाँ भत्ता प्राप्त गर्दै आएका थिए।
यस्ता छन् मन्त्रिपरिषद् बैठकका अन्य निर्णयः