काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले दुई विधेयक प्रमाणीकरण गरेकी छन्।
संघीय सदनको दुवै बैठकबाट पारित भइ प्रमाणीकरणका लागि आएका सहरी क्षेत्र एकीकृत सार्वजनिक यातायात व्यवस्थापन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र कारागारसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक राष्ट्रपति भण्डारीले प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयले जनाएको छ।
नेपालको संविधानको धारा ११३ को उपधारा (२)बमोजिम राष्ट्रपतिले विधेयक प्रमाणीकरण गरेकी हुन्।