काठमाडौं। नेपाल चलिचित्र ‘प्रेम गीत ३’ले सुखद सुरुवात गरेको छ।
शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्रले दुई दिनमा ८ करोड ७९ लाख रुपैयाँको व्यापार गरेको छ।
फिल्म टिमका अनुसार फिल्मले शुक्रबार ४ करोड ८४ लाख र शनिबार ३ करोड ९५ लाख रुपैयाँको व्यापार गरेको छ।
सन्तोष सेनको निर्माण तथा निर्देशन रहेको फिल्ममा प्रदीप खड्का र क्रिस्टिना गुरुङको मूख्य भूमिका छ।
फिल्ममा सन्तोष सेनसहित सुनिल थापा, माओत्से गुरुङ, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी बर्देवा, अनुभव रेग्मी, योगिशा खत्री, जीवन भट्टराई लगायतको अभिनय रहेको छ।
सोमबारदेखि नेपालमा पनि हिन्दीमा ‘प्रेम गीत ३’ प्रदर्शन हुँदैछ।