काठमाडौँ । शुक्रवारदेखि प्रदर्शनमा आएको ‘प्रेमगीत ३’ले दुई दिनमा विश्वभरमा १४ करोड ६ लाख (नेपाली रुपैयाँ) कमाई गरेको छ ।
निर्माण टिमले एक पोष्टर सार्वजनिक गर्दै चलचित्रले दुई दिनमा विश्वभरबाट ८ करोड ७९ लाख भारु कमाएको जानकारी दिएको हो ।चलचित्रले प्रदर्शनको पहिलो दिन विश्वभरमा ४ करोड ८४ लाख भारु कमाएको थियो ।
शनिबार चलचित्रको व्यापार ३ करोड ९५ लाख भारु रहेको निर्माण टिमको भनाई छ ।नेपालमा चलचित्रले शुक्रबार २ करोड ५ लाख र शनिबार २ करोड २० लाख गरी ४ करोड २५ लाख कमाई गरेको छ ।
स्वर्गीय छेतेन गुरुङ र सन्तोष सेनको निर्देशन रहेको चलचित्रमा प्रदीप खड्का, क्रिष्टिना गुरुङ, शिव श्रेष्ठ, मनिष राउत, अनुभव रेग्मी, सुनिल थापा लगायतको अभिनय छ । चलचित्र नेपाल, भारतसँगै अमेरिका, क्यानडा, बेलायत, अष्ट्रेलिया लगायतका देशमा एकसाथ प्रदर्शनमा आएको हो । नेपालमा आजदेखि चलचित्रको हिन्दी संस्करण पनि प्रदर्शनमा आएको छ ।