काठमाडौँ । विवेकशील साझा पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएका रवीन्द्र मिश्रले आफू र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच वृहत ध्रुवीकरण एकता हुने भएको बताएका छन्।
सोमबार राजीनामा दिएका मिश्र बुधबार राप्रपामा समाहित हुने भएका हुन्। उनले आफ्नो राप्रपा विलयलाई ‘वृहत ध्रुवीकरण एकता’ उल्लेख गरेका हुन् ।
रवीन्द्र मिश्रले सामाजिक सञ्जालमार्फत् बृहत शक्ति निर्माणमा संलग्न हुन चाहनेहरूलाई पनि निम्ता दिएका छन्।
एकता घाेषणा राष्ट्रियसभा गृहमा बुधबार दिउँसाे एक बजे हुने राप्रपाका प्रवक्ता माेहन श्रेष्ठले जानकारी दिए।