काठमाडौं। सत्तारुढ दलहरुबीच आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सिट बाँडफाँडलाई अन्तिम टुङ्गोमा पुर्याउन शीर्ष नेतासहितको कार्यदल बैठक आज पनि जारी छ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको शीर्ष नेतासहितको बैठकमा कार्यदलले प्रदेशसभा निर्वाचनको सिट बाँडफाँडको प्रस्ताव शीर्ष नेतासमक्ष प्रस्तुत गरेको कार्यदलका सचिव केशवराज जोशीले जानकारी दिए।
कार्यदलका सचिव जोशीका अनुसार प्रतिनिधिसभा निर्वाचनको सिट बाँडफाँडको प्रस्ताव कार्यदलले शीर्ष नेतासमक्ष प्रस्तुत गरिसकेको छ।
कार्यदलले प्रस्तुत गरेको प्रदेशसभा र प्रतिनिधिसभाको सिट बाँडफाँडको प्रस्तावलाई शीर्ष नेताहरूले अन्तिम टुङ्गो लगाउने गरी छलफल जारी छ।