काठमाडौँ । शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्यमा सुधार आएको छ । स्वास्थ्यमा समस्या देखिएपछि जोशीलाई ६ दिनअघि ग्वार्कोस्थित किस्ट मेडिकल कलेजमा भर्ना गरिएको थियो ।
‘अहिले उहाँ (सत्यमोहन जोशी)को स्वास्थ्यमा सुधार भएको छ । आज टेस्ट गर्न पठाएको रगतको रिपोर्ट ठीक आए, दुई दिनपछि घर पठाउँछौँ,’ अस्पतालकी नर्स सनम चौधरीले भनिन् । डेंगीबाट संक्रमित जोशीको पिसाबमा संक्रमण र दम बढेपछि अस्पताल ल्याइएको थियो ।
ललितपुर महानगरका मेयर चिरिबाबु महर्जन जोशीको स्वास्थ्य अवस्थाबारे जानकारी लिन अस्पताल पुगेका थिए । त्यसक्रममा महर्जन र जोशीबीच केहीबेर कुराकानी पनि भएको थियो ।