काठमाडौँ । नेपालको लोकप्रिय मोबाइल वालेट इसेवा गुगल प्ले स्टोरबाट हटेको छ । शुक्रबार साँझ ७ बजेपछि इसेवा गायब भएको अनुमान गरिएको छ ।
खासै ठुलो समस्या नरहेको र केही प्राविधिक समस्याका कारण बेलाबेलामा यस्तो समस्याहरू हुने गरेको इसेवाका एक अधिकारीले बताए । 'यस्ता समस्याहरु खासै ठुलाे हैन, बेलाबेलामा भईरहन्छ, समाधान भइहाल्छ,' उनले भने ।
यता इसेवाले भने गुगल प्ले स्टोरमा केहि समस्या आएपनि नयाँ प्रयोगकर्ताहरूले वेबसाइटबाट एन्ड्रोइड एप डाउनलोड गर्न सक्ने जनाएको छ ।एप डाउनलोड गरेका प्रयोगकर्तालाई भने यसले केही असर नगरेको बताइएको छ ।
यस अघि अर्को मोबाइल वालेट खल्ती र आईएमई पेको एप समेत यसैगरी गुगल प्ले स्टोरबाट गायब भएको थियो ।