काठमाडौं । गायक कमल खत्री र गायिका मेलिना मैनाली विवाह बन्धनमा बाँधिएका छन् । आइतबार दुवैका घर परिवारका सदस्यहरूको उपस्थितिमा सामान्य तरिकाले उनीहरूले विवाह गरेका हुन् ।
उनीहरूले जीवनको हरेक उतारचढावमा एकअर्काको साथमा रहने वाचा गर्दै रीतिरिवाजअनुसार विवाह गरेका हुन् ।