काठमाडौं । त्रिभुवन विश्वविद्यालय, विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गतको वेबसाइट ह्याक भएको छ ।
संस्थान अन्तर्गत सञ्चालन हुने बीएससी सीएसएसआईटी, बीआईटी लगायतका शैक्षिक कार्यक्रमको प्रवेश परीक्षाका लागि फारभ भर्ने पेज ह्याकरले पहुँचमा लिएका हुन् ।
ह्याक भएको पेजमा क्रिकेटर सन्दिप लामिछानेलाई न्याय दिन माग गरिएको छ ।बीएससी सीएसआईटीको फारम भर्न बुधबार साँझसम्मको समय हुँदा पेज नै ह्याक भएको हो ।