काठमाडौं। निर्वाचन आयोगले मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका उम्मेदवारहरुलाई आज (बुधबार) निर्वाचन चिह्न प्रदान गर्दैछ।
राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलका उम्मेदवारहरुको निर्वाचन चिन्ह साविककै हुने भए पनि स्वतन्त्रतर्फका उम्मेदवारहरुलाई आयोगले निर्वाचन चिन्ह प्रदान गर्ने भएको हो।
निर्वाचन चिन्ह आज अपराह्न ४ः०० बजेदेखि बेलुका ७ः०० बजेसम्म वितरण गर्ने निर्वाचन आयोगले जनाएको छ। त्यसअघि भने आयोगले उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गर्नेछ। त्यसका लागि दिउँसो १ः०० बजेदेखि ३ः०० बजेसम्मको समय निर्धारण गरिएको छ।
अन्तिम नामावली प्रकाशित हुनुअघि कसैले आफ्नो उम्मेदवारी फिर्ता लिन चाहेमा त्यसका लागि बुधवार बिहान १०ः०० बजेदेखि १ः०० बजेसम्मको समय छुट्याइएको थियो। उक्त समय सकिएको छ।
उक्त अवधिमा केही उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन्। त्यसबारे आयोगले औपचारिक घोषणा गर्न बाँकी छ।
सम्बन्धित समाचारः
गण्डकी प्रदेशसभा सदस्यमा दीपक मनाङे निर्विरोध निर्वाचित