नेपालगञ्ज। बाँकेको राप्तीसोनारी गाउँपालिका–२ झुरीखोलामा आज जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
जीपमा सवार तीन जना यात्रु घाइते भएका छन्। सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–४ का ५५ बर्षीय कृष्ण प्रसाद खतिवडाको मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ।
काठमाडौं आउँदै गरेको बागमती प्रदेश ०१–०२८ च ००४४ नम्बरको टाटासुमो जीप आज बिहान सवा ७ बजे अनियन्त्रित भएर पल्टिँदा चालकसहित चार जना घाइते भएका थिए।
घाइतेहरूलाई उपचारको लागि मेडिकल कलेज कोहलपुर लगिएकोमा उपचारकै क्रममा चालकको मृत्यु भएको हो।