काठमाडौं। क्रिकेटर सन्दीप लामिछानेमाथि अनुसन्धानका लागि ५ दिन म्याद थप गरिएको छ।
प्रहरीले ७ दिन माग गरेपनि जिल्ला अदालत काठमाडौंले लामिछानेमाथि अनुसन्धानका लागि ५ दिन म्याद थप गरेको हो।
सन्दीपको बयान लिने क्रम करिब करिब सकिएको उनका कानून व्यवसायीले जानकारी दिएका छन्।
अब असोज ३१ गते उनीमाथि म्याद थप वा अदालतलमा फाइल पेश हुनेछ।
नाबालिगमाथि जबरजस्ती करणी गरेको जाहेरीका आधारमा लामिछाने असोज २० गते पक्राउ परेका थिए।
गत सोमवार असोज २० गतेबाट लागू हुने गरी उनलाई ७ दिन हिरासतमा राख्ने अनुमति दिएको थियो। गत भदौ ५ गते १७ वर्षीय नाबालिगमाथि जबरजस्ती करणी गरेको भन्दै भदौ २१ गते प्रहरी वृत्त गौशालामा सन्दीपविरुद्ध जाहेरी परेको थियो। २४ गते अदालतमा सन्दीपले आफू निर्दोष रहेको प्रमाण पेस गरेका थिए।