काठमाडौं। निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि प्रत्यक्षतर्फको मतपत्र छाप्न सुरु गरेको छ।
आयोगले बिहीबारदेखि प्रत्यक्षतर्फको मतपत्र छाप्न सुरु गरेको हो।
आयोगका अनुसार मतपत्रमा उम्मदेवारको मात्र निर्वाचन चिन्ह रहनेछ।
यसपटक प्रत्यक्षतर्फ प्रत्येक निर्वाचन क्षेत्रका छुट्टा छुट्टै हुनेगरी ४९५ प्रकारका मतपत्र छापिने आयोगले जानकारी दिएको छ।