काठमाडौँ ।मंसिर ४ गते हुने आम निर्वाचनमा सत्तारुढ गठबन्धनले सबै प्रदेशमा संयुक्त कार्यकर्ता भेला गर्ने भएको छ ।
बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेशसभा निर्वाचनमा सो निर्णय गरेको हो ।
यस्तै संविधानको रक्षा, स्थिरता र समृद्धिका लागि गठबन्धन भन्ने नारा दिएर चुनावमा होमिने निर्णय गरेको छ ।
भेलाका लागि गठबन्धनको कार्यतालिका
१. कात्तिक ४ गते – पोखरा, ११ बजे
२. कात्तिक ४ गते – बुटवल, २ बजे
३. कात्तिक ५ गते – विराटनगर, ११ बजे
४. कात्तिक ५ गते – जनकपुर, २ बजे
५. कात्तिक ६ गते – धनगढी , ११ बजे
६. कात्तिक ६ गते – सुर्खेत, २ बजे
७. कात्तिक ७ गते – काठमाडौं, ११ बजे