काठमाडाैँ । इसेवा प्रालिको प्रमुख कार्यकारी अधिकृत (सीइओ)मा जगदीश खड्का नियुक्त भएका छन् । चाटर्ड एकाउन्टेन्ट खड्कालाई इसेवाको सञ्चालनक समितिले सीइओका रुपमा नियुक्त गरेको हो ।
नवनियुक्त सीइओ खड्कालाई इसेवाका अध्यक्ष परशुराम कुवँर क्षेत्रीले पद तथा गोपनीयताको सपथ खुवाएका छन् भने उनले खड्काले बुधबार नै आफ्नो कार्यभार सम्हालेका छन् ।
खड्कासँग बिजनेस अपरेसन म्यानेजमेन्ट, फाइनान्सियल प्लानिङ एन्ड म्यानेजमेन्ट, भेन्चर्स बिल्डिङमा १२ वर्षभन्दा धेरै समयको अनुभव छ । उनी यसअघि एफवानसफ्ट गु्रपअन्तर्गतको फोनपे पेमेन्ट सर्भिसमा डाइरेक्टरका रुपमा समेत आबद्ध थिए ।