म्याग्दी। म्याग्दीको बेनीमा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत राष्ट्रिय महिला भलिबल प्रतियोगितामा शुक्रवार भएको खेलमा सशस्त्र प्रहरीको एपिएफ क्लबले विजयी यात्रा अघि बढाएको छ।
कर्णाली प्रदेशलाई पहिलो सेटमा ६ का विरुद्ध २५, दोस्रो सेटमा २ का विरुद्ध २५ र तेस्रो सेटमा ७ का विरुद्ध २५ नम्बर ल्याउँदै लगातार तीन सेट जित्न सफल भएको हो। यस खेलमा कर्णालीलाई लगातार तीन सेटमा हराउँदै एपिएफले विजयी यात्रा सुरु गरेको छ।
यस अघि बिहीबार सुदूरपश्चिमलाई हराउँदै गण्डकी प्रदेशले विजयी यात्रा अघि बढाएको छ। शुक्रवार दोस्रो खेल बाग्मती र प्रदेश १ र दिउँसो नेपाल पुलिस क्लब र लुम्बिनी प्रदेशबीच हुने भएको छ।