जनकपुरधाम। मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले नेपाली कांग्रेसका मन्त्रीहरुलाई बर्खास्त गरेका छन्।
मुख्यमन्त्री राउतले शुक्रबार कांग्रेसबाट भौतिक पूर्वाधार विकास मन्त्री बनेका रामसरोज यादव, महिला, बालबालिका तथा खेलकूद विकास मन्त्री विरेन्द्र प्रसाद सिंह र खानेपानी तथा उर्जा विकास मन्त्री ओमप्रकाश शर्मालाई बर्खास्त गरेका हुन्।
सत्ता गठबन्धनमा रहेको जसपाले चुनावमा एमालेसँग तालमेल गरेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार जसपाका मन्त्री हटाएका थिए।
त्यसको बदला लिँदै मुख्यमन्त्री राउतले कांग्रेसका मन्त्री बर्खास्त गरेका हुन्।