रौतहट। एमाले रौतहट जिल्ला कमिटी विघटन भएको छ।
शुक्रबार प्रदेश कमिटी अध्यक्ष रामऔतार यादवले जिल्ला उपाध्यक्ष दीपक राय यादवलाई पत्र पठाउँदै त्रिभुवन साह अध्यक्ष रहेको जिल्ला कमिटी विघटन गरिएको जानकारी दिएका छन्।
एमाले रौतहटका प्रभावशाली नेता प्रभु साहले स्वतन्त्र उम्मेदवारी दिएपछि अध्यक्ष साहलगायतका जिल्ला कमिटीका सदस्यहरू पार्टीविरोधी गतिविधिमा लागेकोले भन्दै जिल्ला कमिटी विघटन गरिएको हो।
एमालेबाट विद्रोह गरेका साहलाई रौतहट ३ मा सत्ता गठबन्धनले समर्थन गरेको छ।
यस्तै, नेकपा एमालेले स्थायी कमिटी सदस्य तथा मधेस प्रदेश सह–इन्चार्ज प्रभु साहलाई पार्टीबाट निष्कासन गरेको छ। महासचिव शंकर पोखरेलले परिपत्र जारी गर्दै पार्टीबाट निष्कासन गरेको जानकारी दिएका हुन्।