काठमाडौं । तामाङ गीत, संगीत क्षेत्रको अभिनय विधामा सक्रिय कलाकार सुशीला ग्लान तामाङको निधन भएको छ।
काठमाडौं जोरपाटीस्थित नेपाल मेडिकल कलेजमा उपचारको क्रममा शुक्रबार बिहान ५ बजे उनको निधन भएको नेपाल तामाङ कलाकार संघका अध्यक्ष विश्व दोङले बताए।अध्यक्ष दोङका अनुसार जन्डिस भएर स्वास्थ्यस्थिति जटिल भएपछि तामाङलाई दुई दिनअघि उपचारका लागि अस्पताल भर्ना गरिएको थियो।
काठमाडौं शंखरापुर नगरपालिका १ मा २०५२ सालमा जन्मिएकी तामाङको अभिनय रहेको ‘दुप्चेश्वर मेला’, ‘टुङ्नाको धुन’, ‘ल्होछार मेला’, ‘डम्फूमा सेलो’ लगायतका गीत लोकप्रिय छन्।उनको बौद्ध परम्परा अनुसार शुक्रबार नै बौद्ध जोरपाटीस्थित जम्बोडाँडामा अन्तिम संस्कार गरिएको छ।