काठमाडौँ ।काठमाडौँ महानगरपालिकाले जबर्जस्ती हटाएको एक जना फुटपाथ व्यापारीलाई धरानका मेयर हर्क साम्पाङले एक महिनाको तलब दिने बताएका छन् ।
काठमाडौं महानगरपालिकाले थापाथलीस्थित ठेलागाडामा सामान बेचेर जीविका चलाउँदै आएकी शर्मिला तामाङको ठेला नगर प्रहरीले बिहीबार नियन्त्रणमा लिएको थियो। फुटपाथ व्यापार हटाएपछि त्यसको समर्थन र विरोध सामाजिक सञ्जालमा छरपष्ट हुने गरेका छन्।
कतिपयको जीविकोपार्जन नै बन्द भएको छ भने कतिपय व्यवस्थित बजारको खोजीमा छन्।शर्मिलाको तस्बिर सामाजिक सञ्जालमा देखेर धरानका मेयर साम्पाङले आफ्नो एक महिनाको तलब दिने घोषणा गरेका हुन्।
उनले उक्त तस्बिरसहित फेसबुक पेजमा स्टाटस लेखेका छन्, ‘यी बैनी को हुन् ? यिन्लाई मेरो एक महिनाको तलब पठाइदिने घोषणा गर्दछु, जय मान्छे ।’