काठमाडौँ । डेंगु संक्रमण सबै (७७ वटै) जिल्लामा फैलिएको छ । डेंगुबाट हालसम्म ४७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
गत साउनदेखि हालसम्म ३८ हजार नौ सय १८ जनामा डेंगु पुष्टि भएको छ । डेंगु संक्रमण रोक्न प्रतिकार्यका कार्य तीव्र पारिएको मन्त्रालयले जनाएको छ ।