काठमाडौँ । शताब्दी पुरूष सत्यमोहन जोशीको शरीर नजलाउने निर्णय भएको छ। यसअघिनै मृत्युपछि आफ्नो शरीर दान गरिसकेका जोशीको शरीर अध्ययनका लागि केमिकल प्रयोग गरेर राखिने भएको हो।
आइतबार किष्ट अस्पतालमा परिवार, महानगर र अस्पताल प्रशासनबीच भएको छलफलपछि जोशीको शरीर नजलाउने निर्णय भएको हो। शवलाई अन्तिम श्रद्धाञ्जलीका लागि ललितपुर महानगरपालिका परिसरमा राखिने भएको छ।
शवमा नसाबाट केमिकल राखेपछि अन्तिम श्रद्धाञ्जलीका लागि महानगरपरिसरमा राखिने निर्णय भएको अस्पतालका प्रोफेसर डाक्टर किशोर सिंह बस्नेतले जानकारी दिए।
यसरी गरिँदैछ अन्तिम बिदाई (तालिकासहित)
बिहान ९:४५-१०:४५ : शव नगल्ने केमिकल प्रयोग गरेर अस्पतालमा राखिने,
बिहान १०:४५-११:३० : परिवारले गर्नुपर्ने कार्य गर्ने,
दिउँसो ११:३०-१२:३० : किस्ट अस्पतालको बाहिर श्रद्धाञ्जलीका लागि राखिने,
दिउँसो १२:३०-४:०० : ललितपुर महानगरमा राखिने, त्यसपछि पुनः अस्पताल ल्याएर राखिने।