पोखरा। पोखरामा प्याराग्लाइडिङबाट खसेर सेनाका एक खेलाडीको मृत्यु भएको छ।
मृत्य हुनेमा नेपाली सेनाका खेलाडी २६ वर्षीय निसिम थापा रहेका छन्। उनी नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा प्याराग्लाइडिङतर्फ भाग लिएका खेलाडी हुन्।
प्याराग्लाइडिङ गर्दागर्दै करिब सय मिटरमाथिबाट सराङकोटमा खस्दा उनको मृत्यु भएको हो।