पोखरा। सेनाका खेलाडीको मृत्युपछि सरकारले देशैभर प्याराग्लाइडिङ उडानमा प्रतिबन्ध लगाएको छ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले अर्को व्यवस्था नभएसम्म देशैभर सबै प्रकारका प्याराग्लाइडिङ उडान बन्द गर्ने निर्णय गरेको प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए।
पोखरामा आइतबार दिउँसो प्याराग्लाइडिङबाट खसेर सेनाका खेलाडी २६ वर्षीय निसिम थापाको मृत्यु भएको थियो।
साथै, प्याराग्लाइडिङ खेलका क्रममा खसेर खेलाडीको मृत्यु भएपछि प्याराग्लाइडिङ खेल स्थगित भएको छ।
खेलाडीको मृत्युपछि प्याराग्लाइडिङका सबै खेलहरु अनिश्चितकालका लागि स्थगित गरिएको नेपाल प्याराग्लाइडिङ तथा ह्याङ ग्लाइडिङ संघले जनाएको छ।