काठमाडौँ । भोलि असोज ३१ गते सार्वजनिक बिदा नरहेको गृह मन्त्रालयको जनाएको छ ।
बाहिर वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको निधनमा सरकारले सार्वजनिक बिदा दिने भनेर हल्ला फैलिएपछि गृहले यस्तो बताएको हो ।मन्त्रालयका उप सचिव गोकर्ण प्रसाद उपाध्यायले बिदा नरहेको स्पष्ट पारे ।
उनले सामाजिक सञ्जालमा भनेका छन्, 'भोलि असोज ३१ गते सार्वजनिक बिदा हुने कुनै निर्णय नभएको व्यहोरा अनुरोध छ।'