काठमाडौँ । निर्वाचन आयोगले स्वतन्त्र उम्मेदवार भनेर प्रचार गरेको भन्दै हाम्रो नेपाली पार्टीका उम्मेदवारहरूलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ ।
काठमाडौँ ५ का मधुसूदन पाठक सहितका उम्मेदवारहरुलई स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ ।
लौरो चुनाव चिह्न हाम्रो नेपाली पार्टीको हो । तर यो दलबाट उम्मेदवारी दिएका उनीहरूले आफूहरूलाई स्वतन्त्र उम्मेदवारका रूपमा प्रचार गरेका छन् ।
जसले भ्रम सिर्जना गरेको भन्दै आयोगले १ लाख रुपैयाँसम्म जरिवाना किन नगर्ने भनेर २४ घण्टे स्पष्टीकरण सोधेको छ ।