काठमाडौँ ।भारतीय आयल कर्पोरेसले पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको छ।आइतबार भारतले डिजेल र हवाइ इन्धनको मूल्य अत्याधिक बढाएर पठाएको निगमले जनाएको छ।
नयाँ मूल्यसूची अुनसार पेट्रोलमा १.७४ रूपैयाँ प्रतिलिटर, डिजेलमा १५.६० प्रति लिटर र हवाइ इन्धनमा १०.२५ रूपैयाँ प्रतिलिटर बढेर आएको छ।
योसँगै निगमलाई डिजेलमा ६.३४ रूपैयाँ प्रतिलिटर हुने बताएको छ। त्यस्तै खाना पकाउने ग्यासमा ३२५.४४ रूपैयाँ प्रतिसिलिन्डर घाटा छ। पेट्रोल, हवाइ इन्धन र मट्टितेलमा भने केही नाफा नै छ।
‘यो सबै गणना गर्दा समग्रमा निगमलाई आगामी १५ दिनमा करिब ३९ करोड रूपैयाँ नाफा हुने प्रक्षेपण गरिएको छ,’ विज्ञप्तिमा भनिएको छ।निगमले हाललाई नेपाली बजारमा भने पेट्रोलियम पदार्थको साविकको खुद्रा बिक्री मूल्य यथावत राख्ने निर्णय गरेको छ।
