बारा। गण्डकी प्रदेशको पोखरामा भइरहेको नवौं राष्ट्रिय खेलकुदमा तेक्वान्दो खेलतर्फ मधेस प्रदेशले पहिलो स्वर्ण पदक जितेको छ।
पर्साका महमद सोहेब अख्तरले तेक्वान्दो खेलमा स्वर्ण पदक जितेका हुन्। ५८ केजी तौल समूहको फाइनल भिडन्तमा नेपाल पुलिसका खेलाडीलाई पराजित गर्दै अख्तरले स्वर्ण जितेका हुन्। अख्तरले पुलिसका सुवासचन्द्र बोहरालाई पराजित गरेका हुन्।
यसैगरी पर्साले ५४ केजी तौल समूहमा रजत पदक पनि हात पारेको छ। रजत जित्नेमा अफताफ आमल रहेका छन्। उनी फाइनल भिडन्तमा नेपाल पुलिसका सुमित बिस्टसँग पराजित भएका थिए।
विजेता र उपविजेता खेलाडीलाई ओलम्पियन दीपक विष्टले पदक वितरण गरे।
नवौं राष्ट्रिय खेलकुदमा मधेस प्रदेशबाट २० जना तेक्वान्दो खेलाडी सहभागी भएका छन्।