काठमाडौं। सरकारले भोलि कार्तिक १ गते मंगलबार सार्वजनिक बिदा दिएको छ।
वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको निधनको शोकमा सरकारले मंगलबार सार्वजनिक बिदा दिएको गृह मन्त्रालयले एक सूचना जारी गर्दै जानकारी दिएको छ।
मंगलबार राष्ट्रिय झण्डा पनि झुकाइने सूचनामा उल्लेख छ।
जोशीको आइतबार निधन भएको थियो।