काठमाडौं । कमेडियन अपूर्व क्षितिज सिंहलाई प्रहरीले पुनः हिरासतमा लिएको छ। नेवार समुदायमाथि आँच आउनेगरी कमेडी गरेको भन्दै यसअघि उनीमाथि अनुसन्धान गरिएको थियो।
अनुसन्धान सकिएपछि अदालत जानेबेलामा बिरामी भएपछि छोडिएको थियो। त्यही केस बुझाउनका लागि हिरासतमा लिइएको काठमाडौं प्रहरी परिसरका एसपी दिनेशराज मैनालीले जानकारी दिए।