काठमाडौं । प्रहरीले क्रिकेटर सन्दीप लामिछानेविरुद्ध अन्तिमपटक म्याद थप्ने तयारी गरेको छ । बलात्कार आरोप लागेका सन्दीपविरुद्ध पुनः म्याद थप्न लागेको हो
सन्दीपविरुद्ध दोस्रोपटक हिरासतमा राख्न अदालतसँग लिइएको पाँच दिनको अनुमति आज सकिएको छ ।
तर, आज सार्वजनिक बिदा परेकाले भोलि ९बुधबार० म्याद थपका लागि अदालतमा बुझाउने तयारी भएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी दिनेशराज मैनालीले बताए ।
अनुसन्धान पूरा नभएकाले हिरासतमा राख्न अनुमति मागिने एसपी मैनालीले बताए । प्रहरी वृत्त, गौशालाबाट उनीविरुद्धको मुद्दाको अनुसन्धान अगाडि बढेको छ ।
एक नाबालिगलाई बलात्कार गरेको भन्दै उनीविरुद्ध गत भदौं २१ मा वृत्त गौशालामा जाहेरी परेको थियो । प्रहरी अधिकारीहरुका अनुसार सन्दीपविरुद्ध अन्तिमपटकका लागि सात दिन म्याद लिने तयारी छ ।