काठमाडौँ । नेपाली क्रिकेटका निलम्बित कप्तान सन्दीप लामिछानेलाई प्रहरीले हिरासतमा थप राख्नको लागि अनुमति लिने भएको छ ।
अनुसन्धान नसकिएको भन्दै प्रहरी वृत्त, गौशालाले अझै एक साता हिरासतमा राखेर अनुसन्धान गर्न दिन जिल्ला अदालत काठमाडौँसँग अनुमति माग्ने तयारी गरेको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले बताए ।
असोज २० गते पक्राउ परेका लामिछानेलाई सार्वजनिक बिदाका कारण २४ असोजमा पहिलो पटक अदालत उपस्थित गराइएको थियो ।
सुरूमा ७ दिन हिरासतमा राख्न अनुमति लिएको प्रहरीले अनुसन्धान नसकिएको भन्दै दोस्रो पटक ५ दिन हिरासतमा राख्न अनुमति लिएको थियो ।दोस्रो पटक थपिएको म्याद मङ्गलवार सकिए पनि सरकारी बिदा परेकाले बुधवार मात्र अदालत हाजिर गराउन लागिएको प्रहरीको भनाइ छ ।