काठमाडौं। बलात्कार आरोपमा पक्राउ परेका नेपाली क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेलाई थप ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ।
काठमाडौं जिल्ला अदालतले बुधबार घटनाको अनुसन्धानका लागि सन्दीपलाई थप ४ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको हो। प्रहरीले ७ दिनको म्याद थप्न आग्रह गरेको थियो।
अदालतले आइतबार प्रतिवेदन पेश गर्न प्रहरीलाई आदेश दिएको छ।
यसअघि जिल्ला अदालत काठमाडौंले २० गतेबाट गणना हुने गरी ७ दिनका लागि म्याद थप गरेको थियो।
असोज २० गते पक्राउ परेका लामिछानेलाई सार्वजनिक बिदाका कारण २४ असोजमा पहिलो पटक अदालत उपस्थित गराइएको थियो।
गत भदौ २१ मा एक नाबालिगले लामिछानेविरुद्ध जबर्जस्ती करणीको आरोपमा काठमाडौं प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन्।