दैलेख। दैलेखमा करेन्ट लागेर एक बालिकाको मृत्यु भएको छ। गुराँस गाउँपालिका–४ चिसापानीकी १३ वर्षीया दीपिका परियार मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय, दैलेखका प्रहरी प्रमुख डिएसपी भुवनेश्वरप्रसाद साहले गुराँस गाउँपालिका–२ को गयलसेनस्थित बाटोमा लत्रिएको तारबाट बालिकालाई करेन्ट लागेर मृत्यु भएको जानकारी दिए। मृतक बालिकाको शव पोष्टम्यार्टमका लागि दैलेख जिल्ला अस्पतालमा ल्याइएको छ।
मामाघरदेखि नजिकै रहेको फुपुको घरमा जान लागेको बेला कच्ची सडकमा लत्रिएको विद्युतीय प्रवाह भएको तारमा छुन पुग्दा बालिकालाई करेन्ट लागेको थियो।
बालिका बाल कल्याण प्राविमा कक्षा ६ मा अध्ययनरत थिइन्।