काठमाडौं। २८ लाख घुससहित खानेपानी डिभिजन रामेछापका कर्मचारी पक्राउ परेका छन्।
पक्राउ पर्नेमा खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय रामेछापका ईन्जिनियर नवराज सत्याल र प्लम्वर बखतबहादुर थापा रहेका छन्।
उनीहरुलाई अख्तियारको टंगालस्थित कार्यालयबाट खटिएको टोलीले १६ लाख नगद र १२ लाखको चेकसहित पक्राउ गरेको हो।
ईन्छिन गाउँ लिफ्ट खानेपानी आयोजनाको खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको कामको भुक्तानीबापत उनीहरुले उक्त रकम घुस लिएको अख्तियारले जनाएको छ।