काठमाडौं। ५.९ म्याग्नेच्युडको भूकम्प भएको छ।
बुधबार दिउँसो ३ बजेर ७ मिनेटमा नेपाल र चीनको सीमाना तातोपानी केन्द्रबिन्दु बनाएर ५.९ म्याग्नेच्युडको भूकम्प भएको राष्ट्रिय भूकम्प मापन तथा सूचना केन्द्रले जनाएको छ।
भूकम्पको धक्का काठमाडौं उपत्यका, सिन्धुपाल्चोक, रामेछाप, ओखलढुंगालगायतका जिल्ला, छिमेकी देश भारत र चीनका केही भूभागमा पनि धक्का महसुस गरिएको छ।